संक्षिप्त परिचय
कंचनपुर जिल्लाकाे संक्षिप्त परिचय:
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा अवस्थित कंचनपुर जिल्ला प्राकृतिक सुन्दरताले सजिएको जल्ला हो। हिन्दुहरुको पवित्र एवं प्रशिद्ध विष्णु मन्दिर, शिवधाम मन्दिर, घटालबाबा मन्दिर, ब्रहमदेव सिद्धनाथ मन्दिर, बैजनाथ मन्दिर, निङ्लासैनी भगवती मन्दिर, कोटीहोम क्षेत्र लगायत विभिन्न मठमन्दिर, पाटी-पौवा, स्तम्भहरु एवं शुक्लाफाँटा आरक्ष, बेदकोट ताल, झिलमिला ताल, महेन्द्रपार्क, कालीकिँच ताल जस्ता पर्यटकीय क्षत्र रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालका साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ। २८ डि. ३२ मि. देखि २९ डि. ८ मि. उत्तरी अक्षांशसम्म र ८० डि. ३२ मि. देखि ८० डि. ३३ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा कैलाली जिल्ला, उत्तरमा डडेल्धुरा जिल्ला तथा पश्चिम र दक्षणमा भारतको उत्तर प्रदेश र उत्तरांचल प्रदेशको बीचमा अवस्थित छ । यस जिल्लाको क्षेत्रफल १६१० वर्ग कि.मि. अर्थात १६१७४१ वर्गहेक्टर रहेको छ।
थप पढ्नुहोस्