4 Nov, 2024, Mon ddckan@gmail.com (+९७७)-०९९-५२३७७८
/ जिल्ला पार्श्वचित्र

जिल्ला पार्श्वचित्र

अध्यावधिक मिति २०८१ जेठ १३ गते आइतबार

         नेपालको मानचित्रमा कंचनपुर जिल्ला देशको पश्चिमी सीमानामा अवस्थित  तरार्इंको जिल्ला हो ।भारतिय सिमानासंग जोडिएको महाकाली अञ्चलमापर्ने यो जिल्ला बार्इसे चौबिसे राज्य रहेको बखत डोटी राज्यको सिमा क्षेत्रमा पर्दथ्यो । तिहासिक पृष्टभूमि हेर्दा नेपाल र तत्कालिन र्इष्ट इंडिया कम्पनि बिच सन् १८१६ मा सुगौली सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि मात्र यो क्षेत्र अर्थात कैलाली, कंचनपुर, बांके र बर्दियासम्मको नयां मुलुकको रूपमा नेपालमा अवद्द भएको पार्इन्छ । त्यस उपरान्त छुट्टै जिल्लाको रूपमा अस्तित्वमा आएको यस जिल्लाको सदरमुकाम  साबिक श्रीपुर गा.बि.स. को बेलौरी बजारमा रहेको र सोही बजारको कंचनपुर नामक गांउबाट जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासविदहरूको भनार्इ रहेको छ । बि.सं २०१९ सालपछि यसको सदरमुकाम महेन्द्रनगर सरेको देखिन्छ । साबिक सुदुरपश्चिमाञ्चल बिकासक्षेत्रमा पर्ने यो जिल्ला मौजुदा नेपालको संबिधान अनुसारको राज्य पुनर्संरचनामा सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ 

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार