नेपालमा
राजनितिक प्रशासनिक बिकासक्रमको बिभिन्न कालखण्डमा बिभिन्न नाम एवं संरचना बाट
जिल्लामा बिकेन्द्रीकरण एवं स्थानियशासनको अभ्यास हुदै आएको देखिन्छ । यसैक्रममा
पंचायत कालमा जिल्ला पंचायत एन २०१९ बमोजिम जिल्ला पंचायतको संरचना रहने एवं सो समितिको अध्यक्षको रूपमा जिल्ला पंचायत
सभापति एवं सचिवालयको सदस्य सचिव को रूपमा पि.डि.ओ. रहने
व्यवस्था अभिलेखमा देखिन्छ । कंचनपरमा पनि सोही बमोजिम जिल्ला पंचायत सचिवालयको रूपमा
स्थापना भएको अड्डा बहुदल पश्चात जि.बि.स.र २०७२ सालको संबिधानबाट मुलुक संघियतामा
प्रबेश गरेपश्चात जि.स.स.को रूपमा रहेको देखिन्छ । कार्यालयको नाम र भुमिकामा भएको
परिवर्तन संगै समितिको अध्यक्षको रूपमा जि.स.स.प्रमुख एवं कार्यालयको सचिबको रूपमा
जि.स.अ. रहने व्यवस्था छ ।
स्थानिय तहका निर्वाचित नगरप्रमुख
/उपप्रमुख तथा गाउंपालिका अध्यक्ष /उपाध्यक्षको निर्वाचित मण्डलद्वारा स्थानिय
तहमा निर्वाचित सदस्य मध्येबाट ९ सदस्यीय जि.स.स. निर्वाचन हुने र सोको सदस्य
सचिवको रूपमा जि.स.स.को कार्यालय रहने व्यवस्था भए अनुरूप यस जिल्लामा पनि २०७४
सालदेखि नै जि.स.स एवं जि.स.स.को कार्यालयको स्थापना भर्इ पहिलो निर्वाचित समितिको
पदावधि समाप्त भएपश्चात २०७९ को निर्वाचित समिति कार्यरत रहेको अवस्था छ ।